बाराको निजगढ नगरपालिका-१३ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
निजगढ साँघुस्थित सडकमा ना२३प ६२७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार साँझ दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक सोही नगरपालिका बेसीगाँउ बस्ने १८ वर्षीय दीपक विकको मृत्यु भएको हो ।
- Advertisement -
गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको एम्स हस्पिटल रतनपुरमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।