शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

चितवनमा बढे बैंकिङ कसुरका...

चितवन,१६ चैत । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९ महिनामा सात...

राेट्याक्ट क्लब बीरगन्जद्वारा कलैया...

बीरगन्ज,१६ चैत । राेट्याक्ट क्लब अफ बीरगन्ज मेट्राेपाेलिसले कलैया प्रादेशिक अस्पतालमा स्वास्थ्य उपकरणका...

विशेष अदालतले थाल्यो अनलाइनबाटै...

काठमाडौं,१६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गर्न थालेको छ ।...

परीक्षा बोर्डले एसईईको...

काडमाडौं,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका...
23.1 C
Kathmandu
34.8 C
Birgunj

उपराष्ट्रपति यादव गृहजिल्ला बारामा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२ चैत । उपराष्ट्रपति रामसहाय यादव आइतबार गृहजिल्ला बारा आइपुगेका छन् । उपराष्ट्रपतिमा निर्वाचित भएपछि यादव पहिलोपटक गृहजिल्ला पुगेका हुन् ।

- Advertisement -

आइतबार यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित बारा र पर्साका सांसद, सुरक्षा अधिकारीहरुले स्वागत गरेका थिए ।

उपराष्ट्रपति यादव विमानस्थलबाट बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई दर्शन गर्न पुगेका छन् । गढीमाईस्थित सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले आफूले जिल्ला र क्षेत्रलाई चिनाउने बताएका थिए ।

- Advertisement -

‘सबैप्रति म अभारी छु । सरकारले देश र जिल्लाको विकास निर्माणसँगै बारा जिल्लाका ऐतिहासिक सिम्रौनगढ र गढीमाईलगायतको विकास गरोस्,’ उनले भनेका छन् ।

यस क्रममा उनले आफू साधारण परिवारको भए पनि क्षेत्र र जिल्लावासीले चिनाएपछि देशको उपराष्ट्रपति पदमा पुगेको बताए ।

गढीमाई शक्तिपीठ बारा निर्वाचन क्षेत्र नं २ को केन्द्र महागढीमाई नगरपालिकाको बरियारमा पर्छ, जहाँबाट यादव गत मंसिरको प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

साथै चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । ग्रामीण क्षेत्र भ्रमणको क्रममा यादवले ऐतिहासिक अन्य शक्तिपीठको दर्शन गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमणका लागि तामझामबिना नै पैदलयात्रुहरूलाई आउजाउमा राेकिएको छैन । समान्य सुरक्षा बन्दोवस्तमा उनको दुईदिने भ्रमणको तयारी गरिएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार