आइतवार, फाल्गुन १३, २०८०
Sun, February 25, 2024

सुर्खेतमा तरुण दलका नेतामाथि...

शनिबार राति पौने ९ बजे सुर्खेतको वीरेन्द्रनगर बजारबाट आफ्नो घरतर्फ जाँदै गरेका विनोद...

जनमत पार्टीले घोषणा गर्‍यो...

काठमाडौं । विद्यमान गणतन्त्रले देशको समस्या समाधान नभएको भन्दै सीके राउत नेतृत्वको जनमत...

मधेशका यू-१६ कप्तान चन्दनलाई...

बीरगन्ज, १३ माघ । भर्खरै सम्पन्न भएको १६ वर्ष मुनिको मनमोहन मेमोरियल टि...

रौतहटबाट गाँजासहित एक जना...

रौतहट,१३ फागुन । रौतहटको पश्चिम उतरिभेग गुजरा नगरपालिकास्थित लालबकैया नदीको बाँधबाट ४ किलो...
8.1 C
Kathmandu
12.3 C
Birgunj

भारतमा बढन थाल्यो कोरोना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ चैत । भारतमा एकैदिन १८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा संक्रमण दर ३.१९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

- Advertisement -

सोही अवधिमा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। दिल्लीमा दुई,उत्तर प्रदेश,गुजरात,हिमाचल प्रदेश र चण्डीगढमा एक/एक जनाको मृत्यु भएको हो।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको आँकडामा हालसम्म देशमा ४ करोड ४७ लाख बढि मानिसमा संक्रमण देखिएको जनाएको छ। हाल सक्रिय संक्रमितको संख्या १० हजार ३०० पुगेको छ।

- Advertisement -

पछिल्लो २४ घन्टामा महाराष्ट्रमा मात्रै ३९७ जना संक्रमित भेटिएका छन्। गुजरातमा ३०३ जना संक्रमित भेटिएका छन्। यसका साथै केरलामा २९९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कर्नाटकमा २०९,दिल्लीमा १५३ नयाँ संक्रमित देखिएका छन्।

पछिल्ला दिनमा कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपनि आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूले बताएका छन्। एम्सका पूर्वनिर्देशक डा.रणदीप गुलेरियाले एक्सबीबी १.१६ का कारण केसहरु बढ्दै गएको बताएका छन्।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार