शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

भाटभटेनीमा बीरगन्जवासीको उत्साहजनक सहभागिता, १० देखि २० प्रतिशतको छुट यथावत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१३ चैत्र – मुलुककै ठूलो चेन सुपरस्टोर संचालन गरिरहेको भाटभटेनीको स्टोर मधेश प्रदेशको बीरगन्जमा संचालनमा आएसंगै बीरगंज बासीमा उत्साह छाएको छ । बीरगन्जको गण्डक बहुअरीमा संचालनमा आएको यो भाटभटेनीको २४ औं स्टोर हो ।

- Advertisement -

यहि चैत्र ९ गतेबाट संचालनमा आएसंगै वीरगंज तथा यस आसपासका शहरी एवम् ग्रामिण भेगका स्थानियहरुद्धारा भतटभटेनीको अवलोकन तथा आवस्यक समाग्री खरिदका लागि दिनहु भिड लाग्ने गरेकोे छ । नेपालमै अन्तराष्ट्रिय स्तरको सपिङ सेवा र अनुभव प्रदान गर्ने उद्देश्यले देशभरका ठूला शहरहरुमा भाटभटेनीको सेवा विस्तार गर्ने अभियान अनुरुपनै नेपालकै आर्थिकद्वार मानिएको वीरगंज शहरमा आफ्नो २४औ स्टोर संचालनमा ल्याईएको सुपर मार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिन बहादुर गुरुङले बताए ।

कबिर २ अर्ब ५० करोडको लागतमा स्थापना गरिएको यो स्टोर सञ्चालनमा आएसँगै स्थानीय २ सय ५० बढीले प्रत्येक्ष रोजगारी पाएको उहाले बताउनु भयो । भाटभटेनीले स्वदेशी उत्पादन र स्वरोजगारलाई विशेष प्राथमिकता दिएको भन्दै अन्तर्राष्ट्रिय स्तरको स्टोरबाट स्थानीय जनतालाई सेवा दिने मात्रै नभई स्थानीय उत्पादन खरिद र बिक्री तथा स्वरोजगारलाई समेत विशेष प्राथमिकता दिने उनले बताए ।

- Advertisement -

बीरगन्जमा स्टोर संचालनमा आएसंगै वीरगंजबासीले देखाउनुभएको मायाले आफु निकै उत्साही भएको अध्यक्ष तथा प्रबन्ध निर्देशक गुरुङको भनाई छ । “यो स्टोर वीरगंज वासीको हो हामी त निमित्त मात्र हौ, हमीले त माध्यम बनेर संचालनमा मात्र ल्याएका होै, यसलाई समग्र वीरगंजको सम्पत्तीको रुपमा ग्रहण गरी उद्घाटनकै दिनबाट बीरगन्ज वासीले दिनुभएको अपार मायाले हामीलाई अझ धेरै गर्ने थप हौसला पनि मिलेको छ”।। उनले भने ।

स्टोरले शुभारम्भका अवसरमा सम्पूर्ण समानमा १० प्रतिसत तथा ईलेक्ट्रोनिक्स समानमा २० प्रतिसत सम्म छुट प्रदान गरेको छ । भाटभटेनी स्टोरमा खरिदकर्तालाई शुभारम्भका अवसरमा प्रदान गरिएको बिषेश छुटको ब्यवस्था अर्को सुचना जारी नभए सम्मका लागि यथावत राखिएको भाटभटेनी सुपर स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताए ।

बीरगन्ज महानगरपालिका १४ गण्डक, बहुअरीमा २ बिगाहा १० कठ्ठा क्षेत्रफलमा यो स्टोर निर्माण भएको हो । २ लाख ५० हजार स्क्वायर फिट सपिङ स्पेस रहेको यस स्टोर अण्डरग्राउण्ड बेसमेन्ट पार्किङ सहित ७ तल्लाको रहेको छ । स्टोर अहिले सम्मका सबै स्टोरहरु मध्ये भवन तथा सपिङ स्पेसको हिसाबले सबैभन्दा ठूलो रहेको भाटभटेनीको भनाई छ ।

स्टोरमा ग्रोसरी, भाडाकुँडा, बच्चाका खेलौनाका सामान, लत्ताकपडा, जुत्ता, टिभि, फ्रीज, वासिङमेसिन वल्र्ड क्लास
ब्राण्डेड लुगासंगै दैनिक उपभोग्य सबै सामान एकैठाउँमा बजारकै मूल्यमा उपलब्ध गराइृएको सुपर स्टोरका सि।ई।ओ। पानु पौडेले बताए ।

फुडकोर्ट सहितको पूर्ण वातानुकुलीत एवम् आकर्षक सजावट सहित एकै स्थानमा अन्तराष्ट्रिय स्तरको सपिङ गर्न पाउदा जयादै खुशी मिलेको बीरगंजका ब्यावसायी जंगबहादुर पंडीतले बताए । उनले भने।।यस अघि हामीलाई स्तरीय सपिङका लागि भारत वा हेटोैडा तथा चितवनसम्म पुग्नु वर्ने बाध्यता रहेकोमा वीरगंजमा भाटभटेनी संचालनमा आउदा त्यो बाध्यता अब हटेको छ, उनले भने ।भाटभटेनीको संचालनले यस क्षेत्रका आम उपभोक्ताको समयको समेत बचत पनि हुने वीरगंज उद्योग बाण्ज्यि संघका प्रमुख प्रशासकीय अधिकृत मनोज उपाध्यायले बताए ।

“ग्रहकले खोजेका गुणस्तरीय सबै सामान एकै ठाउमा पाउने हुँदा समान खरिदका लागि एता उता भौतारिरहन नपर्नाले समयको समेत बचत हुन्छ” उनले भने स्टोरको संचालनबाट बीरगन्जका मात्र होईन सिमावर्ती बजार रंक्सौल आसपासका शहरका मनिसहरुमापनि निकै उत्सुकता रहेको र उनिहरु सपिङका लागि आउन आतुर रहेको रक्सौल भारतका संचारकर्मी मनोज कुमार गुप्ताले बताए ।

सपिङका लागि आएकी भारत रक्सौलकी गृहणी रिङकु जैसवालले भाटभटेनीमा आएर अन्तराष्ट्रिय स्तरको सपिङ गर्न पाउदा अत्यानतै खुशी लागेको र आफुहरु समय मिलायर आईनैरहने समेत बताईन ।

भाटभटेनीले अहिलेसम्म ६ हजार पाँच सयलाई रोजगारी प्रदान गरिहेको छ । २०८० भित्रै मधेस प्रदेशको राजधानी जनकपुर र झापाको विर्तामोड तथा दमकमा थप स्टोर सञ्चालनमा ल्याउने तयारी रहेको छ । भाटभटेनीले तराई क्षेत्रका सहरहरुमामा सुपर स्टोर संचालनमा ल्यायपछि छिमेकी मुलुक भारतका सिमावर्ति शहरका उपभोक्ताहरु पनि सामान किन्न र सहज शपिङको अनुभव गर्न नेपाल आउने क्रम समेत बढेको छ ।

विराटनगर, भैरहवा, नेपालगन्ज तथा धनगढिमा जस्ता सिमार्ती शहरहरुमा भाटभटेनी स्थापना संगै भारतीयहरू सर–सामान किन्न र मनोरन्जन गर्नका लागि नेपाल आउने बड्दो रहेकोे छ । वीरगन्ज संगै अब छिटै संचालनमा आउने जनकपुर, बिर्तामोड र दमकका स्टोरमा पनि यो क्रम जारी रहने अनुमान भाटभटेनी व्यवस्थापनको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -