शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

५० प्रतिशतसम्म महँगियो बजार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । दैनिक उपभोग्य वस्तुको भाउ महँगिएको छ । पछिल्लो एक वर्षको अवधिमा हरेक वस्तुको भाउ आकाशिएको छ ।

- Advertisement -

एक हजार रुपियाँले चार जनाको परिवारलाई दुई छाक टार्न गाह्रो भएको अनुभव निर्माण मजदुरका रूपमा काम गर्ने विमल तामाङले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्याला बढेको छैन, एक वर्षको अवधिमा खानेकुराको भाउ बढेर कहाँ पुग्यो कसरी बाँच्ने हो ? गरिबलाई त बाँच्नै गाह्रो भइसक्यो ।” सबभन्दा सस्तो चामलको भाउ प्रतिकेजी ७५ रुपियाँ पुगेको छ । दाल, तरकारी, खाने तेल सबै यसैगरी बढेको छ ।

विमल त एउटा प्रतिनिधि पात्र मात्रै हुनुहुन्छ । महँगीको मारमा दैनिक काम गरेर कमाएको ज्यालाले परिवार पाल्नुपर्ने र न्यून आय भएका आमउपभोक्ता मारमा परेका छन् ।

- Advertisement -

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार एक वर्षको अवधिमा सबैजसो उपभोग्य वस्तुको भाउ औसतमा २० प्रतिशत महँगिएको छ । सङ्घका अध्यक्ष पवित्र वज्राचार्यले एक वर्षयताका हरेक उपभोग्य वस्तुको मूल्य विश्लेषण गरेर हेर्दा कुनै १० देखि ५० प्रतिशतसम्म महँगिए पनि औसतमा २० प्रतिशतसँग महँगो भएको पाइएको जानकारी दिनुभयो । याे खबर आजकाे गाेरखापत्र दैनिकमा छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -