शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

बारामा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिमरा,२१ चैत – बाराको सिमरामा दुई दिने आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।एनसेट नेपालको आयोजना र एजुकेसन नेपाल,युनिसेफ नेपालको सहयोगमा आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।

- Advertisement -

आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रममा पर्साका ६ वटा स्थानीयतह र बाराका ७ वटा स्थानीय तहका शिक्षा प्रमुख र योजना प्रमुख गरि दुई / दुई जना सहभागता रहेको थियो । यस्तै बारा कै कोल्हवी नगरपालिकाबाट १७ जना , विद्यालय ब्यवस्थापन समितिका बाट १/१ जना र फेटा गाउँपालिकाबाट १८ विद्यालय व्यवस्थापन समितिबाट १/१ जनाको सहभागिता रहेको थियो ।

अभिमुखीकरण कार्यक्रममा सिकाइ आपूरण र द्रुत सिकाइ सहयोग सम्बन्धी विभिन्न क्रियाकलापहरु तथा साधनहरुको प्रयोग सम्बन्धी जानकारी विस्तृत रूपमा छलफल तथा अभ्यास गरिएको थियो । एनसेटका कार्यक्रम कलस्टर सहयोगी मित्रदेव यादवका अनुसार आधारभुत तहमा सिकाइ आपुरण र द्रुत सिकाइ सहयोग सम्बन्धि कार्यक्रम सिकाईको आवश्यकता किन र कसका लागि , कहिले र कसरी गर्ने भने कुराको बारेमा जानकारी प्रस्तुत भएको थियो ।

- Advertisement -

कार्यक्रममा न्यूनतम सिकाइ सक्षमताको मापनको कार्य ढाँचा र नमुना प्रशन पत्र तथा विद्यार्थी वर्गीकरण र विषय वस्तुको छनौट तथा सिकाइ आपुरणको रणनीतिहरु के के हुन् र यसको कार्यान्वयन योजना निर्माण र कार्यान्वयनको बारेमा विस्तृत छलफल समेत गरिएको थियो ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेशको तालिम केन्द्र बाराको प्रमुख ठूलोबाबु दाहाल लगायतको उपस्थिति रहेकोे थियो । कार्यक्रममा एनसेटका सुशील पन्डितले स्वागत गरेका थिए भने कार्यक्रममा सहजीकरणकर्ताको भुमिका उद्धव राय यादव, राम बहादुर पण्डित, नारायण प्रसाद अधिकारीले गरेका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -