सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
सोम, जेष्ठ २२, २०८०
Mon, June 5, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
31.2 C
Birgunj

एमालेकै नेता कार्यकर्ता भए पनि भुटानी शरणार्थी प्रकरणमा दोषी भए कारबाही हुन्छ : अध्यक्ष ओली

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेकै नेता कार्यकर्ता भए पनि दोषी देखिए कारबाही हुने बताएका छन् ।

- Advertisement -

उनले देशको बिग्रँदो अर्थतन्त्र र बढ्दो भ्रष्टाचारबारे ढाकछोप गर्ने प्रयास भइरहेको पनि बताए । बिहीबारबाट सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार नै यस्तो काममा लागेको बताएका हुन् ।

‘राज्यलाई ठगेर, कानुन मिलाएर वा छलेर विभिन्न ढङ्गले व्यक्तिहरूको हातमा राज्यको ढुकुटी हस्तान्तरण गर्ने भ्रष्ट व्यवहार, मूल्यमान्यता इथिक्स र नैतिकता अन्तर्गतको होइन । कानुन बमोजिम होइन, पारदर्शी होइन । अपारदर्शी, गैर कानुनी ठगी गर्ने र राज्यलाई गम्भीर नोक्सान गर्ने कामहरू भइरहेका छन्’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ ।

- Advertisement -

उनले यस प्रकरणमा एमालेमै रहेकाहरूको नाम आएको भन्दै जोसुकैको नाम आए पनि दोषीलाई कारबाही हुने बताए ।

‘हाम्रै पार्टीका साथीहरूको पनि नाम आएको छ । हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ । यसमा म के भन्न चाहन्छु भने जोसुकैको नाम आओस् यदि दोषी छ भने कारबाही हुन्छ’, ओलीले भने, ‘तर जबसम्म मानिस दोषी करार हुँदैन । त्यो नहुँदासम्म हामी दोषी करार गर्न सक्दैनौ । हामी हेरिरहेका छौ कसैलाई फसाउने प्रयास पनि भइरहेको छ’, ओलीले पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएकोमा आशङ्का गर्न सकिने बताए ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -