बिहिबार, चैत्र १५, २०८०
Thu, March 28, 2024

लक्ष्य अनुसारको राजश्व संकलनमा...

बीरगन्ज,१५चैत । नेपालको प्रवेशद्धारको रुपमा रहेको बीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष...

विकास निर्माणका क्षेत्रमा अपेक्षाअनुसार...

काठमाडौं,१५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चालु आर्थिक वर्षमा विकास निर्माणका क्षेत्रमा...

४३९ नागरिकको भागमा जम्मा...

काठमाडौं,१५ चैत । संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३ जना...

अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन आजबाट...

काठमाडौं,१५ चैत । पहिलो अन्तर्राष्ट्रिय अर्थशास्त्र सम्मेलन शुरु भएको छ। बिहीबार ललितपुरमा पाटन...
19.1 C
Kathmandu
33.5 C
Birgunj

मधेश सरकार परिवर्तन नहुने : जसपाका अध्यक्ष उपेन्द्र यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने बताएका छन् ।

- Advertisement -

शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए ।

‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै हुन्छ । कुराकानी भइरहेको छ,’ उनले भने ।

- Advertisement -

जनमत पार्टीलाई मधेश सरकारबाट हटाउने वा निरन्तरता दिने भन्ने जिज्ञासामा उनले त्यसको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई दिएको बताए ।

जनमतले गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो हिड्ने व्यवहार गरेकाले यस विषयमा विचार गर्नपर्ने उनको भनाइ छ ।

‘गठबन्धनमा उपराष्ट्रपतिको एउटा उम्मेदवार थियो । उहाँहरू छुट्टै आफ्नो उम्मेदवार दिनुभयो । गठबन्धनमा पनि बस्ने र स्वतन्त्र जस्तो पनि हिड्ने व्यवहार गर्ने हो भने त्यस विषयमा विचार त गर्नै पर्छ’, यादवले भने ।

केन्द्र सरकारबाट बाहिरिए पनि मधेश सरकारमा जनमतका दुईवटा मन्त्री छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार