शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

भारतबाट पेट्रोलको मूल्य लिटरमै ९ रुपैयाँले घटेर आयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,०२ जेठ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार भारतबाट डिजल लिटरमा ८ रुपैयाँ ८ पैसा र पेट्रोल लिटरमा ९ रुपैयाँ ५१ पैसाले घटेर आएको हो।

- Advertisement -

इन्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार डिजल र पेट्रोलको मूल्य घटेर आएको हो। यसअघि भारतबाट मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो।

अहिले पनि घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई आगामी १५ दिनमा लगभग साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ। स्रोतका अनुसार निगमलाई यही मूल्य यथावत रहे पेट्रोल लिटरमा १९ रुपैयाँ र डिजल लिटरमा १४ रुपैयाँ नाफा रहनेछ।

- Advertisement -

हालसम्म ४२ अर्ब ५२ करोड रुपैयाँ दायित्व बाँकी रहेको निगमले जनाएको छ। निगमले आइओसीको ६ अर्ब ४० करोड बक्यौता तिर्न बाँकी भन्दै पछिल्लो समय मूल्य घटाउन आनाकानी गरेको थियो।

तर, यो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएपछि भारतबाट पनि तेलको मूल्य घटेर आएको हो। अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ७१.३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

योसँगै निगमले यो पटक तेलको मूल्य घटाउन सकारात्मक देखिएको निगम स्रोतले बताएको छ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -