सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

कतारका सरकार प्रमुख शेख...

काठमाडौँ,०३ वैशाख । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले...

आगो निभाउने क्रममा १...

गुल्मी,०३ वैशाख । गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु भएको छ...

हजुर आमाकाे हत्या गरेको...

बीरगन्ज,०३ वैशाख । हजुर आमाकाे हत्या गरेको आराेपमा पर्सा प्रहरीले एक जनालाई पक्राउ...

शिक्षा मन्त्रालयको अख्तियारलाई पत्र...

काठमाडौँ,०३ वैशाख । ‘चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन २०७४’ ले कारबाही सिफारिस...
23.1 C
Kathmandu
33 C
Birgunj

मधेस सरकारलाई रुलिङ गर्न प्रमुख प्रतिपक्षको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०२ जेठ । मधेस प्रदेशमा प्रमुख प्रतिपक्ष रहेको नेकपा एमालेले प्रदेश सरकारलाई रुलिङ गर्न माग गरेको छ । मंगलबार प्रदेशसभा बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता दिपेन्द्र कुमार ठाकुरले सरकार गैरजिम्मेवार बन्दै गएको आरोप लगाए ।

- Advertisement -

प्रदेशसभामा उठेका आवाजलाई प्रदेश सरकारले महत्त्व नदिएको भन्दै सरकारलाई संसदप्रति उत्तरदायी बनाउन रुलिङ गर्न उनले सभामुखसमक्ष आग्रहसमेत गरे । लोकतन्त्रको सबैभन्दा ठुलो गहना प्रतिपक्ष रहने भन्दै उनले प्रतिपक्षले उठाएका आवाजलाई सरकारले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्नुपर्ने प्रस्ट पारे ।

एमाले भ्रष्टाचारविरोधी पार्टी रहेको उनको दाबी छ । आफूहरुले भ्रष्टाचारका विषयमा उठाएका आवाजप्रति सरकार बेखबरजस्तै देखिएको उनले बताए ।

- Advertisement -

सांसद ठाकुरले प्रदेशसभाको बैठकमा सांसदहरुले उठाएका विषयमा सरकारलाई रुलिङ गर्नुपर्नेमा जोड दिए । प्रदेशका मन्त्रीले सशर्त अनुदानमा मनमानी गरिरहेको भन्दै उनले प्रदेशका सांसदहरुको आवाज नसुन्ने मन्त्रीविरुद्ध आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार