शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

गर्भवती महिलाको मृत्युका विषयलाई लिएर फेरि सिन्धुली तनावग्रस्त, दर्जनौं अश्रु ग्यास प्रहार, राजमार्ग फेरि अवरुद्ध

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

सिन्धुली – गर्भवती महिलाको मृत्युका विषयलाई लिएर फेरि सिन्धुली तनावग्रस्त भएको छ। अस्पताल व्यवस्थापन, सरोकारवाला निकाय र पिडित पक्षबीच वार्तामा तीनबुँदे सहमति भएको केही समयमा नै पुनः आक्रोशित भिड र प्रहरीबीच झडप भएको हो।

- Advertisement -

झडपमा आन्दोलनरत र सुरक्षा निकाय दुबै पक्षका केही घाइते भएका छन्। झडपमा प्रहरीले दर्जनौं अश्रुग्यास प्रहार गरेको छ। आक्रोशित भिड नियन्त्रणबाहिर गएको छ। वार्तामा घटनाका विषयमा सत्य तथ्य छानविन गर्न चार सदस्यीय छानविन समिति गठन गर्ने सहमति भएको भएको थियो।

सम्बन्धित सबै पक्षबीचमा घटनाबारे छानविन गर्न सहमति भएर समिति गठनका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय भए पनि पुन भिड नियन्त्रण बाहिर गएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।

- Advertisement -

उनका अनुसार भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो। प्रहरीले कति फायर गर्‍यो भन्ने एकिन छैन।

आक्रोशित भिडले पुनः विपी राजमार्ग अवरुद्ध गराएका छन्। उनीहरु पुनः तोडफोडमा उत्रिएका छन्। पिडित परिवारले सहमति जनाए पनि भिडि नियन्त्रण हुन नसकेपछि अस्पतालका सेवा पुनः अवरुद्ध भएको छ।

कमलामाई नगरपालिका ५ सिलामेकी २६ वर्षकी गंगाकुमारी गुरुङ श्रेष्ठको प्रसुती गराउने क्रममा सिन्धुली अस्पताल ल्याएकोमा डाक्टरले प्रयोग गरेको सुइका कारण मृत्यु भएको पिडित पक्षको आरोप छ। अस्पतालमा श्रेष्ठको प्रसुती सम्भावना नभएपछि दिउँसो ३ बजेर २० मिनेट जाँद महोत्तरीको बर्दिबास स्थित ट्रमासेन्टरमा पठाइएको थियो। पाँच बजे चेकजाँच हुँदा गर्भवती महिलाको मृत्यु भएको घोषणा भएपछि पिडितले सिन्धुली अस्पतालमा शव ल्याएर आन्दोलन सुरु गरेका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -