मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
मङ्ल, जेष्ठ २३, २०८०
Tue, June 6, 2023
21 C
Kathmandu
20.5 C
Kathmandu
29.2 C
Birgunj

थाइल्यान्डमा विद्यालयको छाना खस्दा ७ जनाको मृत्यु, २३ घाइते

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

उत्तरी थाइल्यान्डमा विद्यालय भवनको छाना भत्किँदा सात जनाको मृत्यु भएको छ। अन्य २३ जना घाइते भएका छन्।

- Advertisement -

भारी वर्षापछ आएको आँधीका कारण छाना भत्किएको त्यहाँको विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ। थाइल्यान्डका प्रधानमन्त्री प्रयुत चान–ओचाले घाइतेको उपचार प्रभावकारी बनाउन, क्षतिको विवरण संकलन गर्न र पीडितलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीले छानामा क्षति पुर्‍याउँदा सम्पूर्ण संरचना भत्किएको उल्लेख गरेका छन्। छाना खसेपछि विद्यार्थी, अभिभावक र विद्यालयका कर्मचारी भग्नावशेषमा फसेका थिए।

- Advertisement -

फिचिट प्रान्तका गभर्नर पायोन असवापिचायोनले प्रभावित स्थलको भ्रमण गरेका छन्। सो क्रममा कम्तीमा १०० घरपरिवारले आँधीका कारण भएको जनाएका छन्।

विद्यालय र अन्य प्रभावित क्षेत्रलाई सार्वजनिक प्रकोपग्रस्त क्षेत्र घोषणा गरिएको छ। वर्षायाम शुरू भएसँगै थाइल्यान्डको मौसम विभागले देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -