बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

सेवाग्राहीसँग घुस मागेपछि पर्सामा तीन प्रहरी निलम्बित

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० जेठ –  सेवाग्राहीसँग घुस मागेको पुष्टी भएपछि जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी अधिकृत सहित तीन जना कर्मचारीहरु कारवाहीमा परेका छन् । चेक बाउन्स मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्तिलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय पोखरियालाई पत्राचार गर्न वापत पिडितसँग घुस मागेको आरोपमा ती कर्मचारीहरुलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -

घुसको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान मुद्दा शाखामा कार्यरत वरिष्ठ सइ, सइ र जवान सहित ३ जनालाई निलम्बन गरिएको छ । निलामित हुनेमा अपराध अनुसन्धान मुद्दा शाखाका प्रहरी वरिष्ठ नायब निरीक्षक बसन्त भट्टराई, प्रहरी नायब निरीक्षक जयमोद ठाकुर र प्रहरी जवान महेश महतो रहेका छन ।

निलम्बनमा पर्नेहरुले चेक बाउन्स मुद्दामा अदालतबाट दोषी ठहरिएर पक्राउ पूर्जीसमेत गारी भएका व्यक्तिलाई उपस्थित गराउन ईलाका प्रहरी कार्यालय पोखरीयालाई पत्रचार गर्न पिडितसँग एकलाख रुपैयाँ घुस मागेको खुल्न आएको छ । भट्टराई, ठाकुर र महतोले घुस मागेको प्रमाण भेटीएपछि उनीहरुलाई कारवाही गर्न सिफारिस गरिएको जिल्ला प्रहरी कार्यालय स्रोतले जनाएको छ ।

- Advertisement -

स्रोतकाअनुआर जिल्लाको पोखरिया नगरपालिका – ७ रानीगञ्जका एक व्यक्तिले दिएको चेक बाउन्सको मुद्दामा पैसा लिएका व्यक्तिलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय पोखरियालाई पत्राचार गर्न उनीहरुले एक लाख रुपैयाँ घुस मागेका थिए । निलम्बनमा परेका तिनैजनाको जिल्ला बाहिर दरबन्दी रहेको सेमत स्रोतको दावी छ । चेक वाउन्सका घटनाहरुमा जिल्ला प्रहरी कार्यालयका प्रहरीहरुले घुस लिइ रहेको जनगुनासो बढेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक कोमल शाह समेत पछिल्लो समय प्रहरी अधिकारी तथा कर्मचारीहरु माथी निगरानी बढाएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -