बारा,११ जेठ । मोटरसाइकलको ठक्करबाट बाराको कलैयामा एक महिलाको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट कलैया उप-महानगरपालिका-२३ बस्ने ६४ वर्षकी देउकी साहको मृत्यु भएको हो।
बुधबार वडा नम्बर-६ स्थित गुप्ता पेट्रोल पम्पबाट पर्सा टोलतर्फ आउँदै गरेको बा ८५ प ७६०९ न.को मोटरसाइकलले पैदलयात्री साहलाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।
साहको थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी प्रबक्ता डिएसपी पुरुषाेतम पाण्डेले बताए।
- Advertisement -
दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक पर्सा टोल बस्ने वर्ष १८ अफरोज मंसुरीको एल एस न्युरो परवानिपुरमा उपचार भइरहेको पाण्डेले बताए।