बीरगन्ज, १२ जेठ – समाजवादी प्रेस संगठन नेपालका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठले देशमा अहिले पनि प्रतिगमनको खतरा रहेको बताउनु भएको छ ।
वीरगंजमा बसेको समाजवादी प्रेस संगठन नेपाल जिल्ला शाखा पर्साको बिशेष बैठकलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नेकपा एमालेलको बजेट अधिवेशनलाई फेल गर्ने रणनिती रहेको बताउँदै देशमा अस्थिरता सृजना गरी संघियतालाई खारेज गर्ने खेलमा एमालेमा अध्यक्ष केपी ओली लागेको बताउनु भयो । एमालेको दोस्रो तहका नेताहरुले संघियता खारेज गर्नु पर्छ बोलेको बोली ओली कै रहेको उहाँले टिप्पणी गर्नु भयो ।
देशलाई अस्थिर बनाएर संघियतालाई धरापमा पर्ने ओलीको रणनिति रहेको वताउँदै उहाँले यसको लागि अगामी प्रधानमन्त्रीको रुपमा एमाले अध्यक्ष ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई अगाडी सर्ने तयारीमा रहेको दाबी गर्नु भयो ।
समावादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकमा संगठनका केन्द्रिय उप महासचिव रामकुमार ऐलन, केन्द्रिय सदस्य बृजलाल पासवान, प्रदेश सचिव रमेश सुवेदी, नेकपा एकिकृत समाजवादी पार्टीका बीरगंज महानगर कमिटि अध्यक्ष मनोज चौधरी, संगठन पर्साका सल्लाहकार चन्द्रभुषण साह लगायतको उपस्थिती रहेको थियो भने बैठको सहजिकरण संगठन नेपाल पर्साका उपाध्यक्ष शम्भु कुमार सुमनले गरेका थिए ।