शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

‘भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरियो कतिबेला मारिने हो थाहा छैन’ : प्रचण्ड

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँ सुरु गरेको भन्दै कतिबेला मारिने हो थाहा नभएको बताएका छन् ।
आज काठमाडौँमा आयोजित प्रेस सेन्टर नेपालको १९औं केन्द्रीय साधारण सभा तथा २१ औं कृष्ण सेन इच्छुक स्मृति दिवसलाई सम्बोधन गर्दै प्रचण्डले भ्रष्टाचारको विरुद्धको लडाइँ सुरु गरेको बताउँदै कतिबेला दुश्मनबाट मारिने हो भन्ने ठेगान नभएको बताएका हुन् ।

- Advertisement -

‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ,’ प्रचण्डले भने, ‘ जनयुद्धको बेलामा कतिबेला मरिन्छ भन्ने थाहा थिएन, अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो, मारिने हो, दुश्मनको घातप्रतिघातमा परिने हो ठेगान छैन । अहिले थालिएको कदमले पनि कुन बेला एम्बुसमा परिने हो थाहा छैन। कुन बेला धरापमा परिन्छ, थाहा नभए पनि होमिएका छौँ।,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धमा जस्तै अब भ्रष्टाचार र वेथितिविरुद्धको आन्दालेनमा पनि जनताले साथ दिने अपेक्षा गरेका छन्। ‘अहिले नदेखिएको मात्रै हो । केही समयभित्रै ठुलाठुला एक्सन हुनेछन् । त्यसले ल्याउने तरंग पनि ठुलै हुनेछ र सबैको साथ जनयुद्धमा जस्तै पाउनेछौं,’ प्रचण्डले भने ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -