शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

जसपाको नयाँ विधान कार्यान्वयनमा

सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को विधान शुक्रबारदेखि लागू भएको छ । पार्टीको गत असार १० देखि १२ गतेसम्म काठमाडौँमा सम्पन्न विधान अधिवेशनबाट पारित विधान कार्यान्वयनमा आएको हो ।
असार २५ गते पार्टी विधानलाई निर्वाचन आयोगद्वारा अभिलेखिकरण गरिएसँगै विधान क्रियाशिल भएको हो । अब सम्पूर्ण कार्यहरु यसै विधान अनुरुप हुने गरी कार्यहरु गर्न गराउन पार्टीले शुक्रबार मातहत समितिलाई निर्देशन जारी गरेको छ ।
पार्टीले विधान अधिवेशनबाट आफ्नो झण्डा र लोगो फेरेको छ । पार्टीको साङ्गठनिक संरचना संघीय प्रणाली अनुरुपका श्रृङ्खलाबद्ध समिति प्रणालीमा आधाारित हुने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

- Advertisement -

विधानमा राष्ट्रिय महाधिवेशन , विशेष महाधिवेशन, संघीय परिषद्, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति र केन्द्रीय निकायहरु, प्रदेश अधिवेशन, प्रदेश समिति, प्रदेश कार्यकारिणी समिति र प्रादेशिक निकायहरु, पहिचानमा आधारित प्रादेशिक संरचना र स्थानीय समितिको व्यवस्था गरिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -