शनिबार, असार २, २०८१
Sat, June 15, 2024

झडपको भिडियो मोवाईलमा कैद...

वीरगंज,२ असार - सार्वजनिक भवन तोडफोड गर्ने क्रममा स्थानिय र प्रहरी बिच भएको...

रौतहटमा शौच गर्न निस्किएका...

१ असार, रौतहट । रौतहटको सदरमुकाम गौर नगरक्षेत्र अन्तर्गत केराबारीमा अपरान्ह एक जना...

कांग्रेस सकारात्मक प्रतिपक्षको भूमिकामा...

१ असार, कञ्चनपुर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसले सकरात्मक प्रतिपक्षको भूमिका...

बजेट कति ठीक र...

१ असार, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...
26.1 C
Kathmandu
33.6 C
Birgunj

प्रतिशोधको राजनीति नगर्न प्रचण्डलाई ओलीको चेतावनी

सिफारिस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल कांग्रेस टिप्पणी गर्न लायकको पार्टी नरहेको दाबी गरेका छन्।

- Advertisement -

‘देशको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस अहिले धेरै सिटसँग ऊसँग पार्लियामेन्टमा। अब यसको त मैले टिप्पणी गरिरहनु भएन। उहाँहरूले कसको पछाडि आफूलाई लगाउनुभएको हो,’ ओलीले भने, ‘के को पछि लाग्नुभएको होरु त्यो उहाँहरुले जान्ने कुरा हो। म केही पनि भन्दिन। मेरो कुनै कमेन्ट छैन।’

गुरु लुइँटेल अध्ययन तथा विकास केन्द्र, नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेसलाई कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने होरु भनी प्रश्न समेत गरे।

- Advertisement -

‘नेपाली कांग्रेसका साथीहरूलाई म फेरि प्रश्न गर्न चाहन्छु–कुकुरले पुच्छर हल्लाउने हो कि पुच्छरले कुकुर हल्लाउने हो ?,’ ओलीले भने, ‘पछाडि पुच्छर चुप लागेर बसेको छ। अगाडि नेपाली कांग्रेस डोलायमान छ। त डोले, मेरो मन डोले भनेर गीत गाएर बसेको छ। त्यो उहाँहरूको मामिला हो। मेरो यसमा कुनै कमेन्ट छैन।’

अध्यक्ष ओलीले चार वटा मन्त्री लिएर साना दलको पछि हिँडुन्जेल कांग्रेसमाथि आफूहरूले टिप्पणी समेत नगर्ने बताए।

‘तपाईंहरुलाई यसैगरी चार वटा मन्त्री लिएर साना पार्टीको पछि हिँडने रहर लागिन्जेलसम्म त्यो पूरा भइरहोस्। मेरो शुभकामना छ। तपाईंहरूलाई मन लागुन्जेल। लागेन भने बेग्लै कुरा हो,’ ओलीले भने।

संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सानो दलको पछि लाग्ने रहर नसकिएसम्म आफूले केही पनि प्रतिक्रिया नदिने ओलीको भनाई थियो।

अध्यक्ष ओलीले प्रतिशोधको राजनीति नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि चेतावनी दिए। प्रधानमन्त्री प्रचण्डले पाकिस्तानी शैलीको प्रतिशोधको राजनीति धेरै नटिक्ने उल्लेख गर्दै उनले त्यस्ता कार्यमा नहौसिन पनि सरकारलाई आग्रह गरेका छन्।

अध्यक्ष ओलीले सांसद सुनिल शर्मालाई हत्कडी लगाएर सरकारले सर्वसाधारणलाई समेत आफूविरुद्ध नबोल्न तर्साएको आरोप लगाएका छन्।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार