शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
24.9 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

सुन तस्करी प्रकरणमा मेरो संलग्नता प्रमाणित भए पदबाट राजीनामा दिन्छु : अर्थमन्त्री महत

सिफारिस

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सुन तस्करीमा आफ्नो संलग्नताको कसैले पष्टि गरे अर्थमन्त्री पदबाट राजीनामा दिने बताएका छन् । कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकमा अर्थमन्त्री डा. महतले सुन तस्करीमा आफ्नो संलग्नताको प्रमाण ल्याउन चुनौती दिँदै यदि कसैले प्रमाणित गरे पदमा नबस्ने बताए ।
अर्थमन्त्री डा. महतले भने, ‘यदि यो विषयमा मेरो संलग्नता छ भन्ने कुनै पनि साथीलाई लाग्छ भने प्रमाणित गर्नुस् । म यहाँ (अर्थमन्त्री पदमा) बस्दिनँ ।’

- Advertisement -

उनले पार्टीकै सांसदले आफूलाई लाञ्छित गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै यदि प्रतिक्रिया दिँदै जाने हो भने धेरैका बारेमा आफूले पनि धेरै कुरा भन्न सक्ने बताए ।

सिद्धान्त, नीतिगत विषयमा मतभेद हुनसक्ने, तर कुनै पनि बहानामा होच्याउने, लाञ्छना लगाउने, यही मौका हो, सकिहालोस् भन्ने आफू र आफ्नो दाइ (डा. रामशरण महत) को ट्र्याक रेकर्ड र संस्कार दुबै नभएको उनले बताए ।

- Advertisement -

यदि पार्टीभित्रकै कसैलाई आफूबारे प्रश्न भए पार्टीमा राख्न समेत उनले बताए ।

तर एउटा संस्कारमा हुर्किएका कारण आफूले त्यसो नगरेको भन्दै डा. महतले भने, ‘जुन पछिल्लो घटना घट्यो पक्राउको । हुनुपर्थ्यो, पर्दैनथ्यो टाइमिङको प्रश्न छ ।’

डा.सुनिल शर्माको नाम नलिई उनले भने, ‘त्यसभन्दा जे उहाँले राख्नुभयो, त्यो उचित हो ?’ शर्माले १० साउनको प्रतिनिधिसभा बैठक र सार्वजनिक मञ्चहरुमा सुन तस्करीमा अर्थमन्त्री र गृहमन्त्रीको संलग्नता रहेको भन्दै राजीनामा दिनुपर्ने माग गर्दै आएका थिए ।

यदि आफूले लोभ लालच राखेको भए कर निर्धारण अनेक गर्नसक्ने भन्दै उनले त्यस्तो नगरेको बताए ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -