बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

स्थानीय सरकारले आन्तरिक आय बढाउने काममा ध्यान दिनुपर्छ : मन्त्री शर्मा

सिफारिस

दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ ध्यान दिनुपर्ने बताएकी छन् । दाङको लमहीस्थित जैविक विविधता ग्रिनपार्कको अवलोकन गर्दै उनले स्थानीय सरकारले आन्तरिक आय बढाउन तर्फ पनि ध्यान दिनुपर्ने बताइन् ।

- Advertisement -

उनले भनिन्,“आन्तरिक आय बढेमा संघीय , प्रदेश सरकारसँग धेरै सहयोग लिइरहनु पर्दैन ।” उनले यस्ता उद्यान आम्दानीको स्रोत बन्नसक्ने जनाउँदै व्यवस्थित बनाएर व्यावसायिक रुपमा अगाडि बढाएमा आन्तरिक आम्दानी पनि बढ्ने बताइन् ।

उद्यानबाट धेरै स्थानीय तहले राम्रो आम्दानी गरिरहेको जनाउँदै यस तर्फ सबै स्थानीय तहले ध्यान दिनुपर्ने उनको भनाइ थियो । उनले उद्यानलाई पर्यटकीयस्थल तथा विद्यार्थीको सिकाइ थलोका रुपमा पनि अगाडि बढाउन सकिने बताइन् । उक्त उद्यान लमही नगरपालिका–५ बसपार्कदेखि उत्तरतर्फ रहेको छ ।

- Advertisement -

अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा उद्यान सञ्चालनमा आएको वनका अध्यक्ष पवन शर्माले बताइन् । सोही ठाउँमा ३० बिघा जग्गा छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -