शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

केपी ओली पक्राउ पर्दैछन् : मेटमणी चौधरी

सिफारिस

काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली यही वर्ष पक्राउ पर्ने दाबी गरेका छन् ।
मंगलवार संसद् भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै चौधरीले पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै पक्राउ पर्ने दावी गरे ।

- Advertisement -

चौधरीले सबै काण्डहरुमा अग्रपंक्तिमा केपी ओलीको नाम आएपनि किन पक्राउ नगरेको ? भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आफूले प्रश्न गरेको भन्दै पक्राउ पर्ने डरले अध्यक्ष ओलीले संसद् अवरुद्ध गरिरहेको आरोप लगाए ।

‘मैले राष्ट्रपति निवासमा आज गृहमन्त्रीसँग भने सारा दुनियाँले सुन काण्डमा केपी ओलीको नाम आइसकेको छ, केपी ओली जोडिसकेको छ, लगायतका जति काण्ड छन् सबै काण्डमा केपी ओली एक नम्बरमा छन्’, उनले भने, ‘हामीले गृहमन्त्रीलाई किन पक्राउ परेका छैनन् भनेर सोधिरहेका छौँ । केपी ओली चाँडै पक्राउ पर्दैछन्, त्यसकै डरले केपी ओलीले संसद् अवरोध गर्ने बखेडा झिकिरहेका छन् । यही वर्षमा यही उमेरमा केपी ओलीलाई समात्छ । मैले जे बोल्छु, त्यो हुन्छ, त्यो नै राजनीतिक कोर्ष अघि बढ्छ ।’

- Advertisement -

प्रमुख सचेतक चौधरीले आफूले जे बोल्ने त्यो हुने र आफूले बोलेअनुसार नै राजनीतिक कोर्ष अघि बढ्ने ठोकुवा समेत गरे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -