शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

समाजवादी माेर्चाकाे सभाकाे तयारी सन्दर्भमा भातृ संगठनहरुकाे बैठक सम्पन्न

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ६ भदौ – भदौ ८ गते बीरगन्जमा आयोजना हुने समाजवादी मोर्चाको सन्देशसभा तथा अन्तरकृया कार्यक्रमको तयारीका लागि मोर्चा आवद्ध पार्टी र त्यसका भातृसंगठनहरुको संयुक्त बैठक सम्पन्न भएको छ ।

- Advertisement -

भदौ ८ गते वीरगन्जको नगरसभामा मोर्चाका शीर्ष नेताहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री मावध कुमार नेपाल, पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपाका महासचिव विप्लव सीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसको तयारीका वीरगन्जको होटल विजय ज्योतीमा सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले मोर्चाको सन्देशसभा र अन्तरकृयामा धेरैभन्दा धेरै सहभागिता जुटाउनका लागि प्रचार प्रसार तथा कार्यक्रम स्थल व्यावस्थापनका लागि युवा र विद्यार्थीहरुको स्वयंसेवक समिति बनाउने निर्णय गरेको छ ।

- Advertisement -

प्रचार प्रसारका लागि प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य तथा पर्साका इन्चार्ज निरज पिठाकोटे मगरको संयोजकत्वमा प्रचार प्रसार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रेस सेण्टर पर्साका अध्यक्ष दीपक गौतम, समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेल, प्रेस मञ्च नेपाल पर्साका मुकलेश गद्दी, विशाल यादव, जनपत्रकार संघका केन्द्रीय सदस्य सुदर्शनराज पाण्डे लगायत रहेका छन्  ।

जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका नेता रामदरश कुश्वाहा, सुरेन्द्र गुप्ता, प्रभाकर गुप्ता, विप्लब नेकपाका जिल्ला इन्चार्ज सिसम सि, युवा संगठनको नारायणी ब्यूरो इन्चार्ज विवेक विक्रम सी, जसपाका जिल्ला सदस्य अस्लम आलम, वाईसियलका केन्द्रीय सदस्य संतोष पटेल,

पर्सा संयोजक दीपेन्द्र सिंह पटेल, एकीकृत समाजवादीका भातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य अनिल पटेल, अखिल क्रान्तिकारी पर्साका अध्यक्ष कविराज पटेल, समाजवादी विद्यार्थी युनियनका एजाजबाबु राँकी लगायतको उपस्थिति रहेको जसपा पर्साका सचिव तबरेज अहमदले जानकारी दिनुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -