बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

बालिकाले चलाएको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ भदाै । पर्सामा एक बालिकाले हाँकेको मोटरसाइकलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ। पर्साको बिन्दवासीनी गाउँपालिका-५ प्रसौनीस्थित सडकमा १६ वर्षीया बालिकाले हाँकेको बीआर ०५ ए एस ०४६८ नम्बरको मोटरसाइकलबाट लडेर भारत बिहारको पश्चिमी चम्पारणको भेलाही निवासी ६० वर्षीया सुदामा देवीको मृत्यु भएको हो।

- Advertisement -

मोटरसाइकल चालक १६ वर्षीया बालिका पनि भारतीय नै रहेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहनबिक्रम केसीले बताए।

केसीका अनुसार आइतबार बेलुकी भारतको भेलाहीबाट छिमेकी सुदामा देवीलाई पर्साको प्रसौनी गाउँका आफन्तलाई भेट्न लिएर आउँदै गरेको अवस्थामा बालिकाले हाँकेको मोटरसाइकल दुर्घटनामा परेको हो।

- Advertisement -

मोटरसाइकल चालक बालिकालाई नियन्त्रणमा लिइएको र देवीको शव पोष्टमार्टमका लागि सोमबार वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -