शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
22.1 C
Kathmandu
23.2 C
Kathmandu
26.1 C
Birgunj

एमालेमा विस्फोट हुँदैछ, देशव्यापी पहिरो जान्छ : झलनाथ खनाल

सिफारिस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र विस्फोट हुने बताएका छन्।

- Advertisement -

बुधबार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा (एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताएका हुन्। उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने दाबी गरे।

‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ,’ खनालले भने, ‘हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ।’

- Advertisement -

एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गरे। उनले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताए।

‘जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ। एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ। यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ। विस्फोट हुनसक्छ। विभिन्नखालका विस्फोट र विद्रोहहरू हुन सक्छन्। यसकारणले हामी सहि कार्यदिशा लिउँ। सहि विचार लिउँ। र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ। यसलाई व्यापक बनाएर लैजाऔँ। र त्यही सहि विचारको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पनि गर्नुपर्नेछ,’ खनालले भने।

उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै सही विचार र कार्यदिशा लिनुपर्ने बताए।

उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको पनि बताए।

‘अहिले नेकपा (एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने। भन्न चाहीँ पुनःउत्थानवादी भन्ने। लोसपासँग पनि अंगालो मार्ने। भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने। फेरि अंगालो हाल्ने। कांग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन्। त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ,’ उनले भने, ‘त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? को सँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ। यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन। त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ।’

सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरू नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे। उनीहरू नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका समेत उनले बताए।

‘एमसीसीपछि प्रत्येक महिना अमेरिकन डेलिगेशन यहाँ आइराखेको छ। हिजो अस्ति मात्रै पनि दुईवटा डेलिगेशन आयो यहाँ। अमेरिकाको लागि नेपाल के को आकर्षणको थलो भयो ? कल्पना गर्नुस् त। के देख्यो अमेरिकाले नेपालमारु सिनेटरहरु पनि यहीँ आइरहेका छन्। सांसदका डेलिगेसनपनि यहीँ आइरहेका छन्। सुरक्षासँग सम्बन्धित मन्त्रीहरुपनि यहीँ आइरहेका छन्। यहाँ आएर पहिला कहाँ जान्छन् भन्दा तिब्बति शरणार्थी भेट्न जान्छन्,’ उनले भने, ‘के कारण छ यहाँभित्र ? यि कारणका बारेमा तपाई, हामी सचेत हुनुपर्छ। सतर्क हुनुपर्छ। अहिले विश्वव्यापी रुपमा अमेरिकालाई चुनौति दिनसक्ने एउटै मात्र शक्ति चीन विकसित भइरहेको छ। चीन समाजवादी मुलुक हो। चिनले कतै उपनिवेशवाद लागू गर्दैन। चिनले अरु कुनै मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गरेको छैन। अन्यत्र कुनै सैन्य अड्डाहरू बनाएको छैन। हातहतियार बेचेर मुनाफा कमाउने काम गरेको छैन। बीआरआई अगाडी सारेको छ। दक्षिणतिरका देशहरुलाई एकतावद्ध बनाउने कोशिस गरेको छ।’

उनले एउटा छिमेकी राष्ट्र नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भनेर लागेको र पश्चिमी राष्ट्रहरु नेपालमा क्रिश्चियन धर्म प्रचारमा लागेको भन्दै यसतर्फ नेपालीहरु सचेत हुनुपर्ने पनि बताए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -