काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निरंकुशताका दलालहरुलाई इटको जवाफ पत्थरले दिन निर्देशन दिएका छन् । समाजवादी मोर्चाको कोशी प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दैै अहिलेको व्यवस्था ल्याउन लड्नेहरु रक्षात्मक बन्नुपरेको सुनाए ।
उनले भने, ‘निरंकुशताका दलालहरु अहिले सक्रिय हुन खोजी रहेका छन् । जसको चरित्र गुण्डाको भन्दा फरक छैन । लोकतन्त्रवादी नेता, गठबन्धन सरकारमै भएको नेतालाई उसले खुकुरी हान्ने । उनीहरुको मनोबल कस्तो रहेछ ? तपाईं हामी चाहिँ बडो रक्षात्मक । अब समाजवादी मोर्चाले जहाँ बदमासी हुन्छ, गालीगलोेज हुन्छ त्यहाँ इटको जवाफ पथ्थरले दिनुस् । हामी जुरुक्क उठेपछि कसैको केही लाग्नेवाला छैन ।’
उनले सुदुरपश्चिममा पनि कार्यक्रम सकिएपछि लाखौं जनतालाई सडकमा उतार्ने कार्यक्रमको घोषणा हुने बताए ।
उनले भने, ‘यी गुण्डा, प्रतिगामी दलालहरुलाई हामी ज्यूँदैछौं भन्ने देखाउनुपर्यो । जनता जीवित छन् भन्ने देखाउनपर्यो अनिमात्रै हाम्रो जीत हुन्छ ।’