बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

शनिवार पनि दुरुपयोग भएका सरकारी गाडीहरू नियन्त्रणमा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,३० भदाै । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ धनुषाले यो शनिवार पनि दुरुपयोग भएका सरकारी गाडीहरू नियन्त्रणमा लिएको छ । जनकपुरको भानु चोकबाट युवा सङ्घका कार्यकर्ताहरूले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएका हुन् ।

- Advertisement -

सरकारी गाडी दुरुपयोग रोक्ने उनीहरूको अभियानलाई ट्राफिक प्रहरीले पनि सघाएको छ । सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको युवा संघ मधेस प्रदेशका अध्यक्ष लव अधिकारीले जानकारी दिए ।

बिदाका दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । तर अनुमति नलिएरै सरकारी गाडी निजी काममा प्रयोग गर्ने प्रवृत्ति बढेपछि नियन्त्रण गर्न कारबाही अभियान चलाएको युवा संघले जनाएको छ । अघिल्लो शनिवार पनि संघले यो अभियान चलाएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -