शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

एसिया कप क्रिकेट: भारत विरुद्ध श्रीलंका ५० रनमै अलआउट

सिफारिस

काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा आइतबार श्रीलंकाले लज्जास्पदक प्रदर्शन गरेको छ । ५० ओभरको खेलमा श्रीलंका १५.२ ओभरमा सबै विकेट गुमाएर ५० रनमै समेटिएको हो। ५१ रनको जवाफी लक्ष्य पछ्याउँदै भारत अब ब्याटिङमा उत्रिनेछ।

- Advertisement -

टस जितेर ब्याटिङ रोजेको घरेलु टिमका ब्याट्सम्यान भारतका तेज बलरसामु टिक्नै सकेनन् ।  उसले टी-२० फर्म्याटको भन्दा कम स्कोर गरेको छ।

कोलम्बोको आर प्रेमदासा स्टेडियम भइरहेको खेलमा श्रीलंकाको सुरुवातले उसका समर्थकलाई स्तब्ध बनाएको छ।

- Advertisement -

उसका दुईजना मात्रै खेलाडीले दोहोरो स्कोर गर्न सके। अब भारतका लागि ५० ओभरमा ५१ रन बनाउनु पर्ने आवश्यक छ।

भारतका लागि बलिङमा शानदार प्रदर्शन गर्दै मोहम्मद सिराजले ६ विकेट लिए। हार्दिक पान्ड्याले पनि ३ विकेट झारे। अर्को १ विकेट जसप्रीत बुमराहको नाममा रह्यो।

यो स्कोर भारतविरुद्ध कुनै पनि टिमले वान डेतर्फ बनाएको सबैभन्दा सानो हो। यसअघि वान डेमा भारतविरुद्ध सबैभन्दा कम स्कोरको कीर्तिमान बंगलादेशको नाममा थियो।

बंगलादेशको टिमले सन् २०१४ मा ५८ रनमा आउट हुँदा उक्त रेकर्ड बनेको थियो। वान डे क्रिकेटमै सबैभन्दा कम स्कोरको रेकर्ड जिम्बाब्वेको नाममा छ। जिम्बाब्वेको टिम सन् २००४ मा श्रीलंकाविरुद्ध ३५ रनमा आउट भएको थियो।

श्रीलंका कुनै ब्याटरले २० बनाएनन्
भारतीय तीव्र गतिका बलरसामु श्रीलंकाका कुनै पनि ब्याटर टिक्न सकेनन्। टिका कुनै पनि खेलाडीले २० रन नघाएनन्। कुशल मेन्डिसले सबैभन्दा धेरै १७ रनको पारी खेले। जबकि दुशन हेमन्थले १३ रन बनाए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -