शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

जनता समाजवादी मोरङका अध्यक्षलाई हातपात गरेको आरोपमा तीन नगर प्रहरी बर्खास्त

सिफारिस

वीरगंज। विराटनगर महानगरपालिकाले जनता समाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई दुर्व्यवहार गरेको भन्दै तीनजना नगर प्रहरीलाई जागिरबाट बर्खास्त गरेको छ । मंगलबार महानगर प्रमुख नागेश कोइरालाले एक विज्ञप्ति जारी गर्दै यादवलाई दुर्व्यवहार गर्ने नगर प्रहरी हवलदार रमेश निरौलासहित तीनजना नगर प्रहरीलाई जागिरबाट हटाएको जानकारी गराएको हो । जागिरबाट हटाएकाहरुमा नगर प्रहरी जवानहरू विक्रम श्रेष्ठ र बब्लु केशरी रहेका छन् ।

- Advertisement -

भदौ २७ गते ४ः३० बजे विराटनगर महानगरपालिका क्षेत्रमा ट्राफिक व्यवस्थापन कार्यको लागि खटिएका नगर प्रहरीले यादवलाई हातपात गरेको आरोप छ । पार्किङको विषयमा विवाद भएपछि यादवमाथि नगर प्रहरीले लछारपछार पार्दै हातपात गरेका थिए । कोशी अस्पताल अगाडि रहेको स्नेहा फार्मेसी अगाडि सिटीलाई नगर प्रहरीले ह्वील लक गरेको थियो ।

ह्वील लकका विषयमा सो फार्मेसीका सञ्चालक तथा जनता समाजवादी पार्टी मोरङका अध्यक्ष यादवसँग विवाद भएको थियो । विवादका क्रममा हातपात गरेको भन्दै महानगरपालिका प्रमुख नागेश कोइरालाले तीन जना नगर प्रहरीहरूलाई सोमबारबाट लागू हुने गरी जागिरबाट बर्खास्त गरिएको पत्र सार्वजनिक भएको छ । औषधि पसल अगाडि नो पार्किङमा रोकेको सिटी सफारीमा नगर प्रहरीले ह्वील लक लगाइदिएकोमा यादवले लक खोल्न नगर प्रहरीलाई आग्रह गरेका थिए ।

- Advertisement -

सफारी चालकले लक खोल्दिएन भन्दै गुनासो गरेपछि यादवले नगर प्रहरीलाई ‘के गरेको भाइ जरिवाना लिने भए लिएर छाडिनिहाल्नु नि, किन दुःख दिएको’ भन्दा विवाद भएको थियो । त्यसपछि नगर प्रहरीले यादवलाई लछारपछार पार्दै पसलबाट निकालेर वडा प्रहरी कार्यालय विराटनगर लगेका थिए । वडा प्रहरीमा छलफल हुँदा यादवका छोरा आशिष यादवले नगर प्रहरी विक्रम श्रेष्ठमाथि पनि हातपात गरेका थिए ।

तर, नगर प्रहरी श्रेष्ठमाथि हातपात गर्ने यादवलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । एकै प्रकृतिको घटना हुँदा तीन जना नगर प्रहरीको जागिर खाइदिने मेयर कोइरालाले नगर प्रहरीमाथि हातपात गर्ने यादवलाई भने कारबाही गर्ने प्रक्रियासमेत अगाडी बढाउन नसक्दा नगर प्रहरी असन्तुष्ट देखिएका छन् ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -