शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

एसियन गेम्सको आर्चरीतर्फ नेपालका सबै खेलाडी दोस्रो चरणमा प्रवेश

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । चीनमा जारी १९ औं एसियाली खेलकुदको आर्चरीतर्फ नेपालका चारै जना खेलाडी दोस्रो चरणमा पुगेका छन् ।

- Advertisement -

महिलातर्फ इमायुङ राई र मन्जु बजगाई तथा पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन छनोट चरण पार गर्न सफल भएका हुन् ।

चारै जनाले आर्चरीको व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

- Advertisement -

व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीमा पुरुषतर्फ योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ स्कोर गरे । व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीमा सात सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणका खेलहरु सोमबार हुनेछन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -