मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

पर्सागढीको पकडियामा संचालित प्राबिधिक शिक्षालयमा व्यापक भ्रष्टाचार भएको खुलासा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्सा,१४ असोज – पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ स्थित जनता माध्यमिक बिद्यालय पकडिया बढनियारमा संचालित प्राविधिक बिद्यालयमा व्यापक भ्रष्टाचार भएको छ । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरी,प्रअ मोहन चौधरी,प्रबिधिक शिक्षा कार्यक्रमका संयोजक तापेश्वर यादव र लेखापाल शिवनारायण चौधरीको मिलेमतोमा लाखौं रुपैयाको आर्थिक भ्रष्टाचार भएको स्थानियहरुले आरोप लगाएका छन् ।

- Advertisement -

श्री जनता माध्यमिक बिद्यालय पकडियामा समुदायिक बिद्यालय प्राबिधिक शिक्षा कार्यक्रमका लागि आएको रकममा व्यावस्थापन समितिका अध्यक्ष,बिद्यालयका प्रअ,प्राबिधिकि शिक्षा कार्यक्रमका संयोजकले नियम बिपरित चेक काटी बिद्यालयको खाताबाट रकम झिकेको एवं ब्रह्मलुट मच्चाएको स्थानिय अभिभावकहरुले आरोप लगाएका छन् ।

इभेन्ट परियोजनामा खर्च भएको रकमको आर्थिक पारदर्शिता हुन पर्ने भन्दै पत्रकरहरुको टोली सहित पुगेका स्थानिय अगुवा एवं अभिभावकहरुलाई बिद्यायलय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले परियोजनाको भुक्तानीका लागि परियोजनाका सहायक प्रमुख अष्ठलामालाई काठमाडौंमा ६ लाख रुपैया घुस दिएको स्वीकार गरेका छन् । उनले भुक्तानी गर्नका लागि हामिकहरुले कुल रकमको १५ प्रतिशत सम्म माग गरेको भएपनि बारगेनिङ्ग गरेर ६ लाख दिएको बताए ।

- Advertisement -

यता बिद्यालय व्यवस्थापन समितिकै एक जना सदस्यले नियम बिपरित ६ लाख रुपैया परियोजनाका कर्मचारीहरुका लागि भन्दै चेक काटिएको भएपनि कर्मचारीलाई ३ लाख रुपैया मात्र दिइएको बताए । अभिभावकहरुका अनुसार बाकी रहेको ३ लाख रुपैया काठमाडौंमा लोक दोहरी साझ एवं अन्य गतिबिधिमा खर्च गरिएको स्वम् व्यवस्थापन समितिकै अध्यक्षले स्वीकार गरेको दावी गरेका छन् ।

यस बिषयमा व्यवस्थापन समिति भित्र बवाल भएको एवं ७ दिन भित्र ३ लाख रुपैया बिद्यालयको खातामा फिर्ता गर्ने अध्यक्षले स्वीकार गरेको बताइएको छ । बिद्यालय अभिभावक समितिका अध्यक्ष नन्दलाल चौधरीले बिद्यालयको पठनपाठन गुणस्तर राम्रो नभएको बताउँदै व्यवस्थापन समिति एवं प्रअ भ्रष्टाचारमा मात्र लिप्त रहेको बताए ।
उनले परियोजनाको हरेक शिर्षकमा भ्रष्टाचार गरी बिद्यालयलाई लुटने काम मात्र गरिएको बताए ।

एक जना अभिभावक बिरेन्द्र चौधरीका अनुसार ५ लाखमा निर्माण सम्पन्न भएको टर्नेक हाउस सार्नको लागि ३ लाख भन्दा बढी रकम खर्चिएको छ । त्यसैगरी माटो १ लाख १५ हजारको खसालिएकोमा २ लाख ९२ हजार भन्दा बढीको बिल पेश गरिएको छ । स्कुलको माथिल्लो तल्लामा एउटा चर्पी निर्माणको लागि झण्डै ५ लाख ८० हजारको विल भरपाई बनाइएको छ ।

हुदै नभएको भ्रमणलाई भ्रमण भएको देखाएर ७ लाख ५० हजारको बिल पेश गरिएको छ भने बिद्यालयमा ६ जना शिक्षकको लागि खरिद गरिएको पोशाकमा मात्र ३ लाख खर्च भएको देखाइएको छ । स्थानियहरुका अनुसार बिद्यालयमा देखाइएको खर्चहरु अपाचय रहेको एवं भ्रष्टाचार भएको स्पष्ट भएको बताएका छन् । स्थानियहरुले तत्काल बिद्यालय व्यवस्थापन समिति खारेज गरी प्रअ एवं भ्रष्टाचारमा समलग्न रहेकोहरुको कानुनी कारवाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् । निर्माण नै नभएको पोखरी,चर्पी कक्षा कोठा लगायतको कामका लागि ठूलो रकम अनियमित रुपमा खर्च गरिएको छ ।

इभेन्ट परियोजनाका सूचना अधिकारी शिव राज पोखरेलले जनता माध्यमिक विद्यालयमा अनियमितता भएको विषयमा आफूहरू कहाँ गुनासो नआएको कारण कारवाही गर्न नसकिएको बताए । उनले आफ्नो कार्यालयको कर्मचारीले कुनै कमिसन नलिएको लिएको भए प्रमाणित गर्न चुनौती दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -