बीरगन्ज १६ असाेज । पर्साको जगनाथपुरमा जेठाजुहरु मिलेर बुहारीको हत्या गरेका छन् ।
पर्साको जगनाथपुरको बडा नं ५ को मसीहानी टोल की ५६ वर्षकी कान्ती देवीको मिति २०८०/०६/०२ मा हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको जानकारी पाएपछि छानबिनको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीको टोली खटाईएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार कान्ती देवी वीनको हत्यामा उनको आफ्नै जेठाजुहरुको संलग्नता रहेको बताएको छ ।
उनको जेठाजुहरु चन्द्रिका राउत वीन र अमीरीका राउत वीन साथै लालबाबु राउत वीन, उनको घरमा चोरी गर्ने योजना बनाई, घरमा सुरुङ खनि घर भित्र चोरी गर्न पसेपछि बक्साहरू खोतल्दै गर्दा कान्ती देवी व्युजिएपछि उनीहरुको पोल खुल्ने डरले कान्ती देवीको हन्त्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
कान्ती देवीको शव पोष्टर्माटमको लागि नारायणी अस्पताल पठाइएको थियो र हाल उनको छोरा वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहेकोले तत्कालको लागि उनको शव उनकै जेठाजु चन्द्रिका राउत वनिलाई प्रहरीले बुझाएको छ ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा प्रतिवादीहरुको पोलियोग्राफ समेत गरेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।