मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न साधुसन्तहरुको माग

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,१७असोज । जनकपुरधामका साधुसन्तहरुले धर्मगुरु आचार्य श्रीनिवास महाराजलाई तत्काल रिहाइ गर्न माग गरेका छन् । बुधवार रामानन्दिय वैष्णव संघले पत्रकार सम्मेलन गर्दै धर्मगुरु आचार्य श्रीनिवास बिना सर्त तत्काल रिहा गर्न माग गरेको हो ।

- Advertisement -

उनलाई तत्काल रिहाइ नगरे आन्दोलन गर्ने चेतावनी समेत साधुसन्तहरुले दिएका छन् । संघका अध्यक्ष एवम जानकी मन्दिरका छोटे महन्त रामरोशन दास वैष्णवले सनातन धर्मगुरु श्रीनिवास आचार्यलाई तत्काल रिहाइ गर्न माग गरे । उनले धर्मगुरुलाई रिहाइ नगरे बिहीबार अपरान्ह ३ बजे जनकपुरधाममा प्रहरी प्रशासनविरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिए ।

पत्रकार सम्मेलनमा अर्का वक्ता महन्थ दासले श्रीनिवास आचार्यले गौहत्या गर्नेहरु विरुद्ध चर्को अभिव्यक्ति दिएको स्विकार्दै आत्मरक्षा स्वरूप खुकुरी देखाएको बताए । उनले हाम्रो देशमा गौहत्या गर्नेलाई केही नगर्ने तर गौ रक्षा प्रति टिप्पणी मात्र गर्नेलाई पक्राउ गरिएको भन्दै प्रशासनको सो कदमको निन्दा गरे ।

- Advertisement -

असोज १२ गते गौहत्याविरुद्ध विश्व हिन्दु परिषद्ले निकालेको विरोध ¥यालीमा बोल्दै धर्मगुरु श्रीनिवास आचार्यले हातमा खुकुरी देखाउँदै गौ हत्या गर्ने विरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई प्रहरीले मङ्गलवार साँझ सुनसरीबाट पक्राउ गरेको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -