आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025
आइतवार, पुस २८, २०८१
Sun, January 12, 2025

काठमाडौं उपत्यकामा ५७४ किलोमिटर...

काठमाडौं,२८ पुस । मेलम्चीको पानी पुनः वितरणसँगै काठमाडौं उपत्यकामा नयाँ खानेपानी वितरण सञ्जालको...

लोसपा महाधिवेशनका लागि ५...

काठमाडौँ,२८ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रथम महाधिवेशनका लागि पाँच सदस्यीय निर्वाचन...

अनुहार हेर्न मन नलाग्नेहरू...

बीरगन्ज,२८ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो...

रुपन्देही र पर्सामा २...

काठमाडाैं,२८ पुस । रुपन्देही र पर्सामा दुई जना मृतावस्थामा फेला परेका छन्। नेपाल प्रहरीको...
spot_imgspot_imgspot_img
8.1 C
Kathmandu
14.7 C
Birgunj
spot_imgspot_imgspot_img

सगरमाथा विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढ्छ : मन्त्री किराँती

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं,२६ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले त्रियुगा नगरपालिका–१ जोगिदहमा प्रस्तावित सगरमाथा विमानस्थलको निर्माण तत्काल अघि बढाइने बताएका छन् ।

- Advertisement -

शुक्रबार बिहान सो क्षेत्रको निरीक्षणपछि उनले उक्त विमानस्थल निर्माणका लागि पटक–पटक आवाज उठिसकेकाले मन्त्रालयले अब प्रक्रिया छिट्टै अघि बढाउने बताए । ‘विमानस्थल निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ भने मन्त्रालयले काम अघि बढाइसकेको छ’, उनले भने ।

कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि उदयपुरको जोगिदलमा निर्माण हुने विमानस्थल महत्त्वपूर्ण भएको उनको भनाइ छ ।

- Advertisement -

भारतदेखि भुटानसम्मका पर्यटकलाई सगरमाथा क्षेत्रको भ्रमण गर्न र खोटाङको हलेसी महादेवसम्मको पर्यटन प्रवर्द्धन र विकासका लागि विमानस्थलको महत्त्वपूर्ण भूमिका रहने उनले बताए।

त्यस अवसरमा सगरमाथा हवाई मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र बस्नेतले तत्काल विमानस्थलको निर्माण प्रक्रिया अगाडि बढाउन आवश्यक रहेको बताए । ‘उदयपुरबासी तथा सगरमाथा क्षेत्रको जनताको ६० वर्षदेखिको वर्तमान सरकारले पूरा गर्नुपर्छ’, उनले भने ।

विमानस्थल सञ्चालनमा आउँदा सुनकोशीको दोलालघाटदेखि सप्तकोशीको चतरासम्मका र्‍याफ्टिङ र चतराबाट उदयपुरको सगरमाथा हवाई मैदान भएर हिमाली क्षेत्र भ्रमण गर्न, हलेसी क्षेत्र पुग्नका लागि सहज हुने उनको भनाइ थियो ।

हवाई मैदान निर्माण समितिका सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता राजकुमार राईले विमानस्थल सञ्चालनमा आए सप्तरी, सिरहा, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुरका साथै भारतीय र भुटानबाट पर्यटक ल्याउन सकिने बताए ।

विमानस्थल निर्माणका लागि दुई करोड रुपैयाँ भन्दा बढी खर्च भइसकेको र वन तथा वातावरण मन्त्रालयले जग्गा भोगाधिकार दिइसकेको भन्दै उपभोक्ता समितिका सदस्य रुद्र अधिकारीले विमानस्थल निर्माणका लागि स्वीकृति प्राप्त भइसकेको बताए ।

उनका अनुसार विमानस्थल निर्माणका लागि एक सय ५६ दशमलव ११ हेक्टर जग्गा व्यवस्थापन भइसकेको छ । यहाँ कूल एक हजार चार सय मिटर लम्बाई र ४० मिटर चौडाईको विमानस्थल निर्माण हुनेछ ।

ताजा समाचार

spot_img
spot_img

थप समाचार