बीरगन्ज,२७ माघ । उपराष्ट्रपति रामप्रसाद यादव आइतबार पर्साको बीरगन्ज महानगरपालिका आउने भएका छन् ।
बीरगन्जको पीपरास्थित चिनी मिल परिसरमा आइतबारदेखि सुरु हुन लागेको सीताराम नाम संकीर्तन महायज्ञ १०८ कुन्ज एवम ९ दिवसीय श्री विष्णु महायज्ञको उद्धघाटन गर्न उपराष्ट्रपति यादव बीरगन्ज आउने भएका हुन् ।
उनी १०ः२५ को विमानबाट बीरगन्ज आउने कार्यक्रम तय भएको उपराष्ट्रपतिको सचिवालयले बताए । उपराष्ट्रपतिका प्रमुख स्वकिय सचिव आनन्द कुमार यादवका अनुसार उपराष्ट्रपति यादवले आइतबार नै नारायणी अस्पतालमा नवनिर्मित पोस्ट मेटल वार्डको उद्धघाटन गर्ने कार्यक्रम छ ।