बारा,३ बैशाख । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २४ हरपुरमा निर्माण गर्न लागिएको श्रीराम जानकी मन्दिरको शिलान्यास गरिएको छ । सोमबार मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले मन्दिरको शिलान्यास गरेका हुन् ।
जीतसिमरा उपमहानगरपालिकाको नगरस्तरीय बजेटबाट १५ लाख रुपैयाँको लागतमा हरपुरमा श्रीराम जानकी मन्दिरको निर्माण गर्न थालिएको हो । उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको मन्दिरको निर्माण कार्य यहि बैशाख १५ गतेभित्र सक्ने गरि सझौता गरिएको समितिका सदस्य अशोक प्रसाद यादवले जानकारी दिए ।
शिलान्यास कार्यक्रममा मन्दिर निर्माण उपभोक्ता समितिका पदाधिकारी,सदस्य, स्थानीय समाजसेवी लगायतको सहभागीता रहेको थियो ।