मधेस प्रदेश समाजवादी प्रेस संगठनको अध्यक्षमा पत्रकार मनोज पटेल चयन

spot_img

वीरगन्ज,११ असार । समाजवादी प्रेस संगठनको मधेस प्रदेश अध्यक्षमा वीरगन्जका पत्रकार मनोज पटेल चयन भएका छन् । महोत्तरीको बर्दिवासमा बुधबार सम्पन्न संगठनको विस्तारित बैठकले अध्यक्षमा पटेललाई चयन गरेको हो । पटेल, वीरगन्जबाट प्रशारण भइरहेको रेडियो सिमाञ्चल, नेपालपोष्ट डेली अनलाइन र नेपालपोष्ट डेली पत्रिकाका सञ्चालक हुन् ।

यस्तै बैठकले समाजवादी प्रेस संगठनको मधेस प्रदेशको उपाध्यक्षमा बाराकी पत्रकार शारदा पोखरेल,सचिवमा सप्तरीका पत्रकार प्रमोद चालिसे, सहसचिवमा महोत्तरीका पत्रकार ममता विश्वकर्मा र कोषाध्यक्षमा सिरहाका पत्रकार रामपुकार यादवलाई चयन गरेको बैठकमा सहभागी संगठनका मधेस प्रदेश इन्चार्ज बृजलाल पासवानले जानकारी दिए ।

पासवानकै अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष शम्भु श्रेष्ठको प्रमुख आतिथ्यताममा बसेको बैठकमा संगठनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नवराज छत्कुली,महासचिव रोहित दाहाल,कोषाध्यक्ष भरतराज पोखरेल, सचिवालय सदस्य रेबिन्द्र कार्की, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य मनोज चौधरी लगायतकाकोपनि सहभागिता थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय