राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको जमानत माग गर्दै उच्च अदालतमा निवेदन

spot_img

बुटवल,०९ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जमानत माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा पुनरावेदन निवेदन दर्ता गरेकी छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई जमानत दिन अस्वीकार गरेको थियो। निवेदनमा पौडेलले आफ्नो श्रीमानको जीवन सुरक्षामा गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालमार्फत पनि यसबारे जानकारी गराएकी छन्। उनले आफ्नो पोस्टमा उल्लेख गरेकी छन्, “मेरो श्रीमानको जीवन सुरक्षित छैन। प्रधानमन्त्रीसहित उच्च राजनीतिक व्यक्तिहरूले संसदको रोस्ट्रमबाट धम्की दिएको आरोप लगाएका छन्।”

निकिता पौडेलले निवेदनमा रवि लामिछानेलाई बिगो रकम बराबरको बैंक जमानत लिएर मुद्दाको सुनुवाइ जेलबाहिरबाटै गर्न दिन माग गरेकी छन्। उनले संविधान र कानुनले दिएका सबै अधिकार प्रयोग गर्दै न्यायका लागि संघर्ष जारी राख्ने प्रतिबद्धता पनि जनाएकी छन्।

spot_img

ताजा अपडेट

लोकप्रिय