आज देशभर बदली, केही प्रदेशमा वर्षाको सम्भावना

spot_img

काठमाडौं,१४ भदौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानभन्दा केही दक्षिणमा र पश्चिमतर्फ सरदर स्थानकै आसपासमा सक्रिय रहेकाले देशभर साधारण बदली देखिएको छ।

मौसम पूर्वानुमान अनुसार, आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा हुने सम्भावना छ। बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी क्षेत्रका केही भाग र तराईका एक-दुई स्थानमा पनि वर्षा पर्न सक्ने सम्भावना छ।

आज राति पनि देशभर बदली रहनेछ। यस अवधिमा सबै प्रदेशका पहाडी भूभागका केही स्थान र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय