मधेस सरकारले संघभन्दा बढी तोक्यो धानको समर्थन मूल्य

spot_img

बीरगन्ज, १६ मंसिर । मधेस सरकारले चालू आर्थिक वर्ष २०८२/८३ का लागि धानको न्यूनतम समर्थन मूल्य संघ सरकारकै दरभन्दा उल्लेख्य रूपमा बढाएर तोकेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशभित्रका किसानलाई प्रत्यक्ष लाभ हुनेगरी नयाँ मूल्य निर्धारण गरेको हो।

सरकारको निर्णयअनुसार मोटो धानको समर्थन मूल्य प्रति क्विन्टल ४,००० रुपैयाँ र मध्यम धानको मूल्य प्रति क्विन्टल ४,२०० रुपैयाँ तोकिएको छ। त्यस्तै चैते धानको न्यूनतम समर्थन मूल्य ३,००० रुपैयाँ निर्धारण गरिएको छ।

यसअघि संघ सरकारले मोटो धानको मूल्य ३,४६३ रुपैयाँ र मध्यम धानको मूल्य ३,६२८ रुपैयाँ तोकेको थियो। संघका दरमा तुलना गर्दा मधेस सरकारले मोटो धानमा प्रति क्विन्टल ५३७ रुपैयाँ र मध्यम धानमा ५७२ रुपैयाँ थप वृद्धि गरेको हो।

प्रदेश सरकारका अनुसार स्थानीय किसानको लागत बढ्दै गएको, मल–बिउको मूल्य, मजदुरी तथा उत्पादन खर्चमा चर्को वृद्धि भएको कारण समर्थन मूल्य बढाउनुपरेको हो।
मूल्य वृद्धिपछि किसानहरूमा राहत मिल्ने र उत्पादनमा उत्साह बढ्ने अपेक्षा गरिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय