मधेस प्रदेशमा नेपाली काँग्रेसका कृष्ण यादव मुख्यमन्त्री बन्ने पक्का

spot_img

जनकपुर,१८ मंसिर । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि बसेको सात दलीय बैठकले अन्ततः मुख्यमन्त्रीको नाम टुंग्याएको छ। बैठकमा सहभागी एक नेताका अनुसार नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण यादवलाई प्रदेशको नयाँ मुख्यमन्त्री बनाउने सहमति भएको हो।

प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शुक्रबार साँझ ५ बजेसम्म नयाँ सरकार बनाउने समयसीमा तय गरेपछि बिहीबार दलहरूबीच लगातार छलफल चलेको थियो। जसपाका नेता सरोज कुमार यादवका अनुसार दलहरूबीच सहमति पूर्ण रूपमा बनेको छ र यसको औपचारिक घोषणा भोलि गरिनेछ। सात दलले भोलि दिउँसो २ बजे संयुक्त रूपमा प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।

सहभागी सात दल—नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी—बीच कुनै विवाद बाँकी नरहेको बताइन्छ। यी दलसँग बहुमत स्पष्ट रूपमा रहेकोले सरकार गठनमा कुनै समस्या नआउने देखिएको छ।

स्रोतका अनुसार सहमतिअनुसार मुख्यमन्त्री नेपाली काँग्रेसबाट बन्नेछ भने सभामुखको पद जसपा नेपालले पाउनेछ।

spot_img

ताजा अपडेट

लोकप्रिय