काठमाडाैं,१९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न पुगेका छन् । देउवालाई भेट्न उनी महाराजगञ्जस्थित उनकै भाडाको निवासमा पुगेका हुन् ।
ओली दिउँसो साढे ३ बजे महाराजगञ्ज पुगेको उनको सचिवालय स्रोतले लोकान्तरलाई जानकारी दियो । समसामयिक विषयमा छलफलका लागि भेटवार्ता भएको उक्त स्रोतको दाबी छ ।
जेनजी आन्दोलनपछि ओली र देउवाबीच पहिलोपटक औपचारिक भेटवार्ता भएको हो ।

