काठमाडौँ,१९ मंसिर । नेपाली कांग्रेसका मधेस प्रदेश नेता कृष्ण यादवले प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेस गरेका छन् ।
शुक्रबार उनले ७७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । आज मात्रै कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी,लोसपासहित सात दलबिच कांग्रेस नेता यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो ।

