सुनचाँदीको मूल्य बढ्यो

spot_img

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुन आज (मंसिर २५) एक हजार रुपैयाँले बढेको हो ।

बुधबार प्रतितोला दुई लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भएको सुन बिहीबार बढेर दुई लाख ५३ हजार १०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले वृद्धि भएर तीन हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

अघिल्लो दिन प्रतितोला तीन हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

spot_img

ताजा अपडेट

लोकप्रिय