सिमानामा सशस्त्र प्रहरीको कडा निगरानी: ९१ के.जी. गाँजा जफत, तस्कर समूह फरार

spot_img

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साले पर्सा जिल्लाको सीमा क्षेत्र ठोरी गाउँपालिका–४ निर्मल बस्तीबाट ९१ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। पछिल्ला दिनहरूमा चोरी, तस्करी र लागुऔषध ओसारपसार नियन्त्रण अभियानलाई तीव्रता दिइरहेको सशस्त्र प्रहरीले यस क्षेत्रलाई संवेदनशील मान्दै कडाइका साथ गस्ती बढाएको छ।

मंसिर २५ गते, राति गस्तीमा खटिएको सीमा सुरक्षा गुल्म सुवर्णपुरको टोलीलाई देखेर करिब ९–१० जना व्यक्तिहरुले नाम्लोमा बोकेको १० वटा प्लास्टिकका पोका फालेर भारततर्फ भागेका थिए। टोलीले घटनास्थल नियन्त्रणमा लिएर पोका खोलेपछि ठूलो परिमाणमा गाँजा फेला परेको छ।

बरामद गरिएको गाँजा आवश्यक कानूनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। लागुऔषध ओसारपसार रोक्न निगरानी र सीमा सुरक्षालाई अझ कडाइका साथ अघि बढाइने सशस्त्र प्रहरी बलको भनाइ छ।

spot_img

ताजा अपडेट

लोकप्रिय