जालिम जिताउँन बाह्य प्रभावको आशंका, सुरक्षा सतर्कता बढाउन माग

spot_img

वीरगञ्ज, ४ फागुन – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा र बारा जिल्लामा बाह्य प्रभावको प्रयास भइरहेको भन्ने चर्चा यतिबेला राजनीतिक वृत्तमा चासोको विषय बनेको छ। केही स्रोतहरूले बंगलादेश, पाकिस्तान तथा भारतबाट केही मुस्लिम धर्मगुरु र स्वयंसेवी अभियन्ताहरू नेपाल प्रवेश गरी विशेष समुदायका उम्मेदवारको पक्षमा सक्रिय भएको दाबी गरेका छन्।

उक्त दाबीअनुसार ती व्यक्तिहरू अवैध रूपमा नेपाल प्रवेश गरी बारा–पर्साका केही मस्जिदहरूमा बसोबास गर्दै चुनावी गतिविधिमा संलग्न रहेको आशंका व्यक्त गरिएको छ। यद्यपि यसबारे आधिकारिक निकायबाट पुष्टि भने भएको छैन।

यसैबीच, निर्वाचन प्रभावित पार्न ठूलो मात्रामा अवैध आर्थिक चलखेल हुन सक्ने आशंका समेत व्यक्त गरिएको छ। विदेशी मुलुक तथा खाडी क्षेत्रबाट हवाला वा हुण्डीमार्फत रकम भित्र्याइ चुनावमा प्रयोग गर्न सकिने दाबी स्रोतहरूले गरेका छन्।

बाराको निर्वाचन क्षेत्र नं. ४ मा दुई जना मुस्लिम उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् भने पर्सा क्षेत्र नं. १ र ४ मा पनि मुस्लिम उम्मेदवार चुनावी मैदानमा छन्। पर्सा क्षेत्र नं. ४ मा जालिम मियाँको पक्षमा संगठित रूपमा गतिविधि भइरहेको आरोप समेत लगाइएको छ। सो क्षेत्रमा पछिल्लो समय अपरिचित व्यक्तिहरू गाउँ–टोलमा देखिन थालेको र उनीहरू विभिन्न मस्जिद तथा उम्मेदवारका आफन्तको घरमा बस्दै आएको स्थानीयवासीको भनाइ छ।

पर्सा क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल र जालिम मियाँबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। तर, केही स्थानीयले निर्वाचनलाई धार्मिक प्रतिस्पर्धाको रूपमा चित्रण गर्ने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

“यहाँ मुद्दा र विकासभन्दा पनि साम्प्रदायिक आधारमा मतदान गराउने प्रयास हुन सक्ने सम्भावना देखिन्छ,” एक स्थानीय मतदाताले बताए।

राजनीतिक विश्लेषकहरूका अनुसार बाह्य शक्तिको चलखेलसम्बन्धी चर्चा बढ्दै जाँदा मतदाताबीच विभिन्न आशंका उत्पन्न हुनु स्वाभाविक भए पनि यस्ता विषयमा आधिकारिक छानबिन र तथ्यपरक पुष्टि आवश्यक हुन्छ। साथै, निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकाय तथा सरोकारवाला सबै पक्ष सचेत रहनुपर्ने आवश्यकता औंल्याइएको छ।

यस बिषयमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालले निर्वाचन अनुगम प्रणाली सकृयताका साथ काम गरी रहेको बताउँदै त्यसतो भएको पाइएकामा जानकारी लिने तथा त्यसता ब्यक्ति तथा उम्मेदवारहरुलाई कारवाहीको दायरा ल्याउँने प्रतिक्रिया दिए ।

spot_img

ताजा अपडेट

लोकप्रिय