वीरगञ्ज । अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पूरा गरेकी छिन्। राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार शीतल निवासमा भेटेपछि मन्त्रिपरिषद् विस्तारको अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार आजै साँझ वा राति चार जना नयाँ मन्त्रीहरूले शपथ ग्रहण गर्नेछन्।
नयाँ मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईँ, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ रहेका छन्। श्रद्धा श्रेष्ठ हाल नेपाल पर्यटन बोर्डमा कार्यरत कर्मचारी हुन्।
मन्त्रालयको जिम्मेवारी यसरी बाँडिएको छ:
-
कुमार इङनाम – भूमि मन्त्रालय
-
माधव चौलागाईँ – वन मन्त्रालय
-
राजेन्द्रसिंह भण्डारी – श्रम मन्त्रालय
-
श्रद्धा श्रेष्ठ – महिला मन्त्रालय
प्रधानमन्त्री कार्कीले गत हप्ता मात्रै तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन्। केही मन्त्रालय रिक्त रहनु र राजनीतिक दबाब बढ्दै जानुले छोटो समयमै पुनः विस्तार गर्ने स्थिति सिर्जना भएको स्रोतहरू बताउँछन्।
मन्त्रिपरिषद् विस्तारको औपचारिक घोषणा आजै बालुवाटारबाट गरिने अपेक्षा गरिएको छ।

