देउवा, प्रचण्ड, माधव र कमल थापा एमालेको महाधिवेशन उद्घाटनमा सहभागी नहुने

spot_img

काठमाडौं,२७ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा नेपाल० का अध्यक्ष कमल थापा नेकपा ९एमाले० को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सहभागी नहुने भएका छन् ।

एमालेको महाधिवेशन आज भक्तपुरको सल्लाघारीमा उद्घाटन हुँदैछ । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले थापालाई व्यक्तिगत रूपमा निमन्त्रणा गरेका थिए। तर थापाले विशेष कारणवश उपस्थित हुन नसक्ने जनाउँदै धन्यवादसहित शुभकामना सन्देश पठाएका छन्।

थापाको सन्देशमा भनिएको छ, ‘देशको अग्रणी साम्यवादी शक्ति नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को एघारौं महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा गर्नुभएकोमा अध्यक्ष केपी ओलीलाई हार्दिक धन्यवाद। विशेष कारणवश उपस्थित हुन सकिन। महाधिवेशनको पूर्ण सफलताको कामना गर्दछु। राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण एवम् सुशासनको प्रत्याभूतिको निम्ति महाधिवेशन कोसेढुङ्गा सावित हुन सकोस्। देश कठिन अवस्थाबाट गुज्रिरहेको वर्तमान अवस्थामा यो महाधिवेशनबाट एमालेले सशक्त एकताको सन्देश प्रवाहित गर्न सकोस्। शुभकामना१’

एमालेको यो महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म चल्नेछ। उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ, तर प्रमुख विपक्षी नेताहरू पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र शेरबहादुर देउवा पनि अनुपस्थित हुने भएका छन्।

थापाको यो निर्णयमा पनि अड्कलबाजी सुरु भएको छ। राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्थासम्बन्धी मुद्दालाई जोड दिँदै आन्दोलनको तयारी गरिरहेको सन्दर्भमा यो अनुपस्थिति अर्थपूर्ण मानिएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय