Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026
Date
शनि, माघ २४, २०८२
Sat, February 7, 2026

अशोक टेमानीको घरदैलो अभियानः...

वीरगंज (पर्सा), २३ माघ  - पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत जनता समाजवादी...

धोबिनीमा कांग्रेस उम्मेदवार रमेश...

वीरगंज,२३ माघ -  पर्सा निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य...

एमाले उपमहासचिव योगेश :...

वीरगञ्ज, २३ माघ – पर्सा क्षेत्र नम्बर १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं....

पर्सा–३ लाई भाषण होइन,...

वीरगञ्ज,२३ माघ - पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा...
spot_img

अमेरिका–भारतबीच ऐतिहासिक व्यापार सम्झौतामा सहमति, अमेरिकी कर घटाइने

spot_img

काठमाडौँ,२० माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसँग व्यापार सम्झौतामा सहमति भएको घोषणा गरेका छन्।

ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको फोन वार्तापछि व्यापार सम्झौतामा दुवै देशबीच सहमति भएको जानकारी दिएका हुन्। यस सम्झौताअनुसार, अमेरिका भारतबाट आउने सामानमा लागू गरिएका भन्सार शुल्क २५ प्रतिशतबाट घटाएर १८ प्रतिशत गर्नेछ। साथै, भारतले व्यापार अवरोधहरू हटाउने र रूसी तेल किन्न नहुने प्रतिबद्धता जनाएको छ।

यसअघि रूसबाट तेल किन्दा अमेरिका लगाएको २५ प्रतिशत ट्यारिफ पनि खारेज गरिनेछ। ट्रम्पले मोदीसँगको छलफलमा व्यापार, ऊर्जा, प्रविधि, कृषि र कोइला उत्पादनसम्बन्धी विषयमा समेत वार्ता भएको बताए।

सम्झौताअनुसार भारतले अमेरिकी उत्पादनहरूमा कर र गैर–कर अवरोधहरू शून्यमा झार्नेछ र ५०० अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका सामानहरू खरिद गर्न प्रतिबद्ध हुनेछ। गत अगस्टमा अमेरिकाले भारतबाट आउने सामानमा ५० प्रतिशत कर लगाउँदा दुई देशबीच व्यापार सम्बन्ध तनावपूर्ण बनेको थियो।

सम्झौता भएपछि अमेरिका र भारतबीचको व्यापार सम्बन्ध सुधार हुने अपेक्षा गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय