वीरगञ्ज,२३ माघ – पर्सा निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पटेरवा सुगौली गाउँपालिका वडा नम्बर–४ पथरइयाँमा देवरवाना काफला समितिका अगुवा व्यक्तित्वहरूलाई युवा उम्मेदवार रूपेश कुमार पाण्डेले सम्मान गर्नुभएको छ।
उक्त अवसरमा सम्पन्न भेलालाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले क्षेत्रका विद्यमान समस्या, जनताको दुःख–कष्ट तथा विकासका क्रममा आएका बाधा–अवरोधहरूलाई स्पष्ट रूपमा प्रस्तुत गर्नुभयो। उहाँले शिक्षा, स्वास्थ्य सेवा, रोजगारी, कृषि विकास, पूर्वाधार निर्माण र सुशासनलाई आफ्नो प्रमुख प्राथमिकता रहने बताउँदै “अब पर्सा–३ लाई भाषण होइन, परिणाम चाहिएको छ” भन्ने दृढ सन्देश दिनुभयो।
कार्यक्रममा सहभागी स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारण नागरिकहरूले उम्मेदवार पाण्डेप्रति खुलेर समर्थन व्यक्त गर्दै आगामी निर्वाचनमा सफलता हासिल गर्न शुभकामना दिएका थिए। उनीहरूले पाण्डेको उम्मेदवारीले पर्सा–३ मा विकास र परिवर्तनको नयाँ आशा जागेको धारणा राखेका थिए।
भेलाले पर्सा–३ मा रूपेश कुमार पाण्डेको उम्मेदवारी केवल आश्वासनमा सीमित नभई काममार्फत प्रमाणित हुने विश्वास अझ बलियो बन्दै गएको सन्देश दिएको आयोजकले बताएका छन्।

