Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप यादव र रीमा कुमारी यादवको अभियान थप सशक्त

spot_img

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव र क्षेत्र नं. २ बाट प्रतिनिधिसभाकी उम्मेदवार रीमा कुमारी यादवसँग पार्टीका नेता तथा अगुवा कार्यकर्ताहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको नीति, कार्यक्रम तथा जनतामाझ लैजानुपर्ने सन्देशबारे व्यापक छलफल गरिएको थियो। उम्मेदवारद्वयले पार्टीको संगठन सुदृढीकरण, विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य तथा सुशासनका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्षेत्र नं. १ का उम्मेदवार प्रदीप यादवले पर्सा जिल्लाको समग्र विकासका लागि केन्द्र र प्रदेश सरकारबीच समन्वय आवश्यक रहेको बताउँदै एमाले नेतृत्वको सरकारले मात्र स्थायित्व र विकास दिन सक्ने दाबी गर्नुभयो। उहाँले स्थानीय जनताको समस्या प्रत्यक्ष रूपमा बुझेर समाधानका लागि संसदमा मजबुत आवाज उठाउने प्रतिवद्धता जनाउनुभयो।

त्यसैगरी क्षेत्र नं. २ की उम्मेदवार रीमा कुमारी यादवले महिला, युवा तथा पछाडि परेका समुदायको हकहितका लागि आफू निरन्तर संघर्षरत रहने बताउनुभयो। उहाँले समान अधिकार, अवसर र समावेशी विकास एमालेको प्रमुख एजेन्डा भएको उल्लेख गर्दै जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताउनुभयो।

अन्तरक्रिया कार्यक्रममा सहभागी अगुवा कार्यकर्ताहरूले आ–आफ्ना क्षेत्रका समस्या, जनताको अपेक्षा तथा चुनावी रणनीतिबारे सुझाव प्रस्तुत गरेका थिए। सहभागीहरूले पार्टीलाई अझ एकताबद्ध बनाएर घरदैलो अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमको अन्त्यमा नेकपा एमाले पर्सा जिल्ला नेतृत्वले आगामी निर्वाचनमा पार्टीलाई विजयी गराउन सबै नेता तथा कार्यकर्ताहरू एकजुट भएर लाग्न आह्वान गरेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय